माओवादी केन्द्र छाडेर एमालेमा गएका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका स्थानीय तहका १४ जनप्रतिनिधि पदरिक्त भएको सूचना सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी

कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त

काठमाडौं। कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त भएको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा भजनी नगरपालिकाका उपप्रमुखसहित तीन वडाअध्यक्ष छन्। गौरिगंगा र बर्दगोरिया नगरपालिका–४ र गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष कारबाहीमा परेका हुन्। महोत्तरीका साम्सी गाउँपालिकाका अध्यक्ष, सिरहा लहान नगरपालिकाका नगरकार्यपालिका सदस्य, ओखलढ्ंगा चम्पादेवी गाउँपालिकाका–७ का वडाअध्यक्ष कारबाहीमा परेपछि पद रिक्त भएको छ।

माओवादीबाट स्थानीय तहमा पदमुक्त हुने सबैभन्दा बढी रौतहटका

काठमाडौं।माओवादी केन्द्र छाडेर एमालेमा लागेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका रहेका छन्।जहाँ २ वटा नगरपालिकाका प्रमुखसहित ४ उपप्रमुख र १ वडा अध्यक्षकाे पद रिक्त भएको छ।मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै रिक्त भएका छन् भने कटहरिया नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। देवाही गोनाही, फतुवाविजयपुर, माधवनारायण नगरपालिकाको उपप्रमुख रिक्त हुदा यमुनामाई गाउपालिकाको उपाध्यक्ष पद रिक्त भएको छ।

माओवादी छाडी एमाले प्रवेश गरेका यी १४ स्थानीय जनप्रतिनिधिको गयो पद

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको…

माओवादी छाडेर एमाले बनेका यी १४ जनप्रतिनिधिको पद गुम्यो (सूचीसहित)

नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ ।

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्रका राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको भन्दै राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए। सोहीअनुसार खड्काको पद रिक्त भएको जनाईएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आज एक […]

राष्ट्रियसभामा चन्द्रबहादुर खड्काको पद रिक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशबाट निर्वाचित खड्काले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको हुँदा पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । अब निर्वाचन आयोगले ३५ दिनभित्र उपनिर्वाचन मार्फत् पदपूर्ति गर्नेछ। खड्का माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका थिए।यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि नेकपा माओवादी केन्द्रबाट एमालेमा

गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री

माओवादीका चार सांसदको पद रिक्त भएको पत्र आयोगमा

काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको उक्त पत्र गत चैत २७ मै निर्वाचन आयोगमा पुगिसकेको हो।सर्वोच्च अदालतले माओवादी केन्द्र एमालेलाई  पूर्ववत अवस्थामा फर्काइदिए पनि एमालेमा लागेका टोपबहादुर रायमाझी,  लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरूलाई माओवादीले सांसदबाट हटाइसकेको छ।रायमाझी अर्घाखाँचीबाट

सासंद पद रिक्त रहेकाेबारे संसद् सचिवालयले निर्वाचन आयाेगलाई जानकारी गराउने

काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।   प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...