राष्ट्रियसभामा चन्द्रबहादुर खड्काको पद रिक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशबाट निर्वाचित खड्काले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको हुँदा पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । अब निर्वाचन आयोगले ३५ दिनभित्र उपनिर्वाचन मार्फत् पदपूर्ति गर्नेछ। खड्का माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका थिए।यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि नेकपा माओवादी केन्द्रबाट एमालेमा

सम्बन्धित सामग्री

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

काठमाडौं – आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको […]

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्। राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनित दाहाल […]

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनयन गरेका छन् । कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् ।देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई दलको नेतामा मनोनयन गरेको प्रधानमन्त्रीको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।तत्कालीन कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम

काठमाडाैं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैरजिम्मेवारीका कारण संघीय संसद्‌का उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन्। उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधिसभामा ४

संसद्का चार समिति सभापतिविहीन

प्रतिनिधिसभामा एक र राष्ट्रियसभामा तीन समिति सभापतिविहीन भएका छन्। सांसदको चार वर्षे कार्यकाल पूरा भएसँगै राष्ट्रियसभामा तीन सभापतिको पद रिक्त भएको छ भने सरकारको मन्त्रीमा गएपछि प्रतिनिधिसभाको एउटा समिति पनि सभापति विहीन भएको हो।...

संघीय संसदका उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त

काठमाडौँ – संघीय संसदअन्तर्गतका प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रियसभामा उपाध्यक्ष दुवै पद रिक्त हुन पुगेका छन्। तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन सकेको छैन। राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको चार वर्षे पदावधि आज सकिएको छ। ‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा […]

कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?

काठमाडौँ: कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त हुने भएको छ। उक्त पद रिक्त भएसँगै उनको स्थानमा को आउला, चासोको विषय बनेको छ। फागुन २१ गतेबाट पौडेलले राष्ट्रियसभामा कार्यभार सम्हालेसँगै मुख्यसचिवबाट बिदा हुने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयबाट उनको बिदाईसँगै कांग्रेसमा मुख्य सचिवको…

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान

हेटौँडा : वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्य पदका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आइतवार चुनाव चिह्न प्रदान गरिएको हो। नेकपा (एमाले)का उम्मेद्वार निर…

जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन हुने

काठमाडौं । लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ । माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उप चुनावको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ । वागमती प्रदेशमा रामबहादुर थापा बादलको ठाउँमा जेठ ६ गते उप चुनाव हुँदैछ ।  संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उप चुनाव गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उप चुनावको मिति तय गरिएको हो