रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराउन मेला गर्दै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेला आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरूप सो नगरपालिकाले यस वर्ष मेलाको आयोजना गर्न लागेको हो । महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहभागी बैठकले यस वर्ष रोजगार मेला रत्ननगरमा गर्ने निर्णय गरेको हो । बैठकमा रत्ननगरका नगरप्रमुख प्रह्लाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगरका नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगरका विज्ञ सल्लाहकार रामहरि न्यौपानेलगायतको उपस्थिति थियो । रत्ननगरका नगर प्रमुख सापकोटाले जागिर खोज्ने र जागिर दिनेहरूका बीचमा भेटघाट गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । महानगरपालिका र नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा कक्ष र प्रवेश निःशुल्क गरिनेछ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । बागमती प्रदेशका १० पालिकामध्ये उक्त महानगरपालिका र नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले भने, ‘कार्यक्रम प्रभावकारी बनाएर रोजगारी दिलाउने कुरामा यो मेला फलदायी हुनेछ ।’ -रासस

सम्बन्धित सामग्री

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन्। रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ।...

चितवनमा गैँडाको आक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...

चितवनमा १०५ वर्षीय वृद्धले गरे मतदान

तवन क्षेत्र नम्बर १ पर्ने रत्ननगर नगरपालिका- १६ का १ सय ५ वर्षीय तारानाथ नेपालले मतदान गरेका हुन् ।

चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए ।दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयल

बसले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीकै मृत्यु

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका- ९ भानु चोकमा बसले बुधवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ घर भएका ४५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ३० वर्षीय पत्नी मिनतारा श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी जानकारी दिए । उनीहरू चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाइकललाई […]

माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार नगरपालीका ६, काठमाडौको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थान सिंह, चितवनको रत्ननगर नगरपालिका ५, चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, सिराहाको सुखिपुर नगरपालिका २ छजना चोकमा गरि जम्मा ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग से

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । गोरखाको पालुङटार नगरपालिका-६, काठमाडौंको कीर्तिपुर, नुवाकोटको लिखु गाउँपालिका-२ स्थित थानसिंह, चितवनको रत्ननगर नगरपालिका-५ स्थित जुवाली, चितवनकै रत्ननगर नगरपालिका-१६ स्थित खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका-३ स्थित खरेन्द्रपुर र सिराहाको सुखिपुर नगरपालिका-२ मा गरी कुल सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा […]

रत्ननगर नगरपालिका पछि हट्यो, कर समायोजन गर्ने सहमति

चितवन : रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ। दुवै पक्षबीच बुधबार राति कर समायोजन गर्ने ११ बुँदे सहमति भएका हो। सहमतिसँगै राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनसनका सबै कार्यक्रम फिर्ता भएको छ। वार्ता टोलीका सदस्य लालबहादुर भट्टका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेका सेवाग्राह...