काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गराउन चर्को दौडधुप गरिरहेका छन्। सत्तारुढ दलका नेताहरूसँग मात्रै नभई उनले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग समेत सहयोगको आग्रह गरिरहेका छन्। तर, एमालेले देउवाको प्रस्तावलाई स्वीकारेका छैन।
फागुन ८ गते संसदमा एमसीसी टेबल हुँदा नेपाली कांग्रेसबाहेकका पार्टीका…