गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण