काठमाण्डाै – विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको असार १० गते नियुक्त गर्नुभएकाे संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक रिट निवेदन दर्ता गर्नुभएको हो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विभिन्न संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको सिफारिसविरुद्धका मुद्दा विचाराधीन रहेको अवस्था नियुक्ति गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा...