सामाजिक सुरक्षा कोषमा जबर्जस्ती सामेल नगराउन माग गर्दै रिट निवेदन

सामाजिक सुरक्षा कोषमा जबर्जस्ती सामेल गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आइतबार बैंकिङ क्षेत्रमा विभिन्न ६५ जनाले संयुक्त रुपमा रिट निवेदन दायर गरेका हुन् । उनीहरुले विभिन्न बैंकका अतिरिक्त अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष लगायतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।रिट निवेदकहरुले सामाजिक सुरक्षा कोषमा सामेल हुने बाध्यकारी व्यवस्था अन्त्य गर्न माग गरेका छन् । बैंकिङ क्षेत्रको हकमा श्रम ऐन, २०७४ लागू हुनुभन

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषसम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने

बैंकका कर्मचारी र सामाजिक सुरक्षा कोष सम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने भएको छ । अहिलेकै यथास्थितिमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन नसक्ने भन्दै बैंकका कर्मचारीहरूले कोष विरुद्ध सर्वोच्च अदालतमा हालेको रिटमा न्यायाधीशहरूकै राय बाझिएपछि उक्त रिट पूर्ण इजलासमा पेश हुने भएको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय नै अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । न्यायाधीश केसीले निवेदकको