प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै उनको नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।अधिवक्ता अनुपम भट्टराईले मंगलबार रिट निवेदन पेस गरेका हुन् । उक्त रिट निवेदन रुजु भइसकेको र समय अभावका कारण आज रसिद काट्न नभ्याइएको अदालत प्रशासन स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए, जसमा मृगेन्द्र सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्