जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट निवेदन दिएका