काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प्रतिनिधि सभा पुन: स्थापना हुने दाबीसहित सडकमा उत्रिएको छ। प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले देशव्यापी रुपमा एक महिने आन्दोलनको घोषणा गरेको छ। प्रचण्ड माधव पक