केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले चालु खाता घाटा बढेर ५ खर्ब ९५ अर्ब ७३ करोड पुगेको देखाएको छ। अर्थतन्त्रका सूचकांकहरू बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा चुलिने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ भने शोधनान्तर स्थिति २ सय ६९ अर्ब ८१ करोड घाटामा रहेको तथ्याक सार्वजनिक भएको छ।यस्तो अवस्थामा सार्वजनिक गरिएको मौद्रिक नीतिले देशको आर्थिक सूचकांकहरूलाई सही दिशामा ल्याउने प्रयास गरेको देखिन्छ। मुद्रा सृजना तथा निस्काषन, मुद्रा विस्तार तथा संकुचन, अर्थव्यव