काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन्।बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को तेह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बजारमा अहिले तरलतामा केही सहज भए पनि पुसमा भने चुनौती आउने चेतावनी दिएका छन्।तरलता अभाव भनेको ग्राहकलाई आवश्यक परेका वेला बैंक तथा वित्तीय संस्थाले पर्याप्त नगद उपलब्ध गराउन नसक्नु हो।बैंकमा पैसा जम्मा गर्नेभन्दा ऋण लिन जाने मान्छे बढी हनु हो। बैंकहरूले राष्ट्र बैंकमा