मुगु : हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको छ। सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको हो।शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता गरिने भएको छ।जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी घुम्ती शिविर सञ्चालन गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। उनका अनुसार दुर्गम