खोटाङ – आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिविर सुरु गरिएको छ । आङ खसेका कारण कठिन रूपमा दैनिकी बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा आङ खस्ने समस्या भएका महिलाका लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भीआईए क्याम्प सुरु गरेको हो ।
लुकेर बसेका आङ खसेका महिलाको पहिचान गर्ने र उपचार दिने लक्ष्यका गएकाे आइतवारदेखि हलेसी तुवाचुङ नगरपालिका १ बाहुनी डाँडाबाट सुरु गरिएको घुम्ती शिविर आज मङ्गलवार हलेसी ९ सल्लेमा पुगेको छ । अहिलेसम्म १४ महिल...