काठमाण्डाै - कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि दाङको तुलसीपुरमा घुम्ती शिविर सुरु भएको छ । डाक्टर राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।
घुम्ती शिविरमा खटिएका स्वास्थ्यकर्मीले मनोपरामर्श पनि दिने छन् । स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीव झाले गाउँ बस्तीमा कोरोना पीडित व्यक्तिले पीसीआर जाँच नगराउने र सङ्क्रमण लुकाएर राख्दा झनै सङ्क्रमणको भयावह स्थिति आएको पाइएको बताउनुभयो ।
उहाँले लक्षण देखिएका र आशङ्का भएकाहरुलाई पीसीआर जाँच गर्ने परामर्श दिने गरेको बताउनुभयो । घ...