काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई परिचय पाटी शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन समय तोकेको हो ।‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिका