काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) ले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो २२ औं साधारणसभाले पारित गरेको ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । महासंघले जारी गरेको घोषणापत्रमा सार्वजनिक खरिद ऐन, नियमावली संशोधनदेखि रुग्ण निर्माणाधीन आयोजनाहरुको निर्माण अवधि थप तथा कर छुटसम्मका मागहरु परेका छन् । कोभिड–१९ को संक्रमण र त्रासका बीच झण्डै ६ महिना लामो बन्दाबन्दी (लकडाउन) र त्यसपछिको विषम परिस्थितिका बाबजुद