नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।