सिद्धार्थ मावि, माथागढी गाउँपालिका–७, रहवासका कक्षा ९ का विद्यार्थी फणेश्वर घर्तीले परम्परागत डोको, अम्लिसोको कुचो र डालो बनाउन सिकेका छन् । गाउँघरमा पाइने बाँस र निगालीबाट डोको र डालो बनाउने तरिका सिकेका हुन् । पढ्दै सिक्दै गरेका उनले भने, ‘विद्यालयमा यसरी सिक्न पाउँदा निकै खुसी लागेको छ ।’ विद्यालयमै साथीभाइसँग परम्परागत सामग्री हातैले बनाउन पाएकामा उनलाई खुसी नलाग्ने कुरै भएन ।