भारत विश्वको चाैथो धेरै अर्बपति भएको देश, अम्बानीको सम्पत्ति बढ्यो

कोरोना कहरका बाबजुत गएको साल विश्वभर अर्बपतिहरूका लागि भने सुखद् नै रह्यो।भारतमा पनि गएको वर्ष अर्बपतिहरूको सम्पत्तिले छलाङ मारेको छ। भारतमा मात्र गएको वर्ष अर्बपतिको संख्या १ सय ३७ बाट बढेर १ सय ७७ पुगेको छ। अर्थात् गएको वर्ष भारतभर ४० जना नयाँ अर्बपति थपिएका छन्।यस वर्ष विश्वभरका ६८ देशका २ हजार ४ सय २ कम्पनीका ३ हजार २ सय २८ जना अर्बपति रहेका हुरन ग्लोबल रिच लिस्टमा समावेश भएका छन्। पछिल्लो वर्ष यो लिस्टमा २ हजार ८ सय १४ अर्बपति समावेश थिए। अर्थात् विश्वभर ४ सय १४ नयाँ अर्बपति थपिएका छन्

सम्बन्धित सामग्री

विश्वभर २७८१ पुगे अर्बपति, १४१ जना थपिए

अमेरिका । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार विश्वभर अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ, जसमा १४१ नयाँ अनुहार छन् ।  सूचीअनुसार विश्वमा अर्बपतिको संख्या मात्रै होइन, उनीहरूको संयुक्त सम्पत्ति पनि बढेको छ । अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलरभन्दा बढी रहेको बताइएको छ ।  विश्वभर बढिरहेको मुद्रास्फीतिको दबाब, महामारीको प्रभाव, दुई वटा युद्ध र विश्वमा विद्यमान अस्थिरताले अर्बपतिहरूलाई निकै कम वा लगभग कुनै प्रभाव पारेको छैन । विगत १० वर्षको ‘ट्रेन्ड’ हेर्दा उनीहरूको सामूहिक सम्पत्ति १२० प्रतिशतले बढेको छ । बर्ना आर्नो लगातार दोस्रो वर्ष शीर्षमा उक्त सूचीको शीर्ष स्थानमा बर्ना आर्नो छन् । विश्वको अग्रणी विलासी सामान कम्पनी एलभिएमएचका अध्यक्ष र सीईओसमेत रहेका आर्नो गत वर्ष (सन् २०२३ मा) पनि यो सूचीमा शीर्षमै थिए । उनको कुल सम्पत्ति २३३ बिलियन डलर छ । गत वर्षको तुलनामा उनले २२ अर्ब डलरभन्दा बढी कमाएका छन् ।  यो सूचीको दोस्रो स्थानमा टेस्लाका सीईओ एलोन मस्क छन् । उनको सम्पत्ति १९५ अर्ब डलर छ । अमेजनका जेफ बेजोस यो सूचीको तेस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति १९४ बिलियन डलर छ ।  अर्बपतिमा अमेरिकाका धेरै  अर्बपतिको सूचीमा सबैभन्दा धेरै अमेरिकाका छन् । उक्त सूचीमा अमेरिकनको संख्या ८१३ छ, उनीहरूको कुल सम्पत्ति ५.७ ट्रिलियन डलर छ । सर्वाधिक अर्बपतिको हुने देशमा दोस्रोमा चीन (हङकङसहित) छ, त्यहाँका अर्बपतिहरूको कुल सम्पत्ति १.७ ट्रिलियन डलर छ । यो सूचीमा भारत भने तेस्रो स्थानमा छ, त्यहाँ अर्बपतिको संख्या २०० छ, उनीहरूको कुल सम्पत्ति ९५४ अर्ब डलर छ ।  को–को थपिए नयाँ अनुहार ? सन् २०२४ को अर्बपतिको सूचीमा थपिनेमा अमेरिकी पप स्टार इराज टोरे, गायिका टेलर स्विफ्टलगायत छन् । सूचीमा सबैभन्दा धनी नयाँ आगमन इटालीको आन्द्रिया पिन्नातारो (आन्द्रिया पिन्नातारो आईओन समूह) हो, उनको अनुमानित कुल सम्पत्ति २७.५ बिलियन डलर छ ।  टेलर स्विफ्ट अर्बपतिको हैसियत हासिल गर्ने पहिलो कलाकार भएकी छन् । उनको कुल सम्पत्ति १.१ बिलियन डलर छ । एजेन्सी

भारतमा अर्बपति बन्दैछन् नेपाली

भारत गएका नेपाली भन्नासाथ हाम्रो मनमा आउने चित्र हो- भारी बोक्ने, खेतमा काम गर्ने, स्याउ टिप्ने, गार्ड बस्ने र भाँडा माझ्ने । तर, अघिल्लो पुस्ताको योगदान र पछिल्लो पुस्ताको परिश्रम अनि चेतनाका कारण 'बहादुर' नेपाली पहिचान विस्तारै उद्यमी, व्यवसायीमा बदलिंदैछ ।

भारतबाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति

काठमाडौं (नेस) । विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरीमात्र रहनुभएको छ । दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुक श्रीलंका, भुटान, पाकिस्तान, […]

भारतबाहेक दक्षिण एशियाभरिमै एक्ला डलर अर्बपति विनोद चौधरी

विश्वभरीका धनीहरुको बारेमा सुची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गए राति सार्वजनिक सुचीअनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्वपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, […]

भारतबाहेक विनोद चौधरी बने दक्षिण एसियाका एक्ला अर्बपति

विश्वभरका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्

विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।

अम्बानीको दाबी– अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ

काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् । तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्‍याएको भन्दै अम्बानीले अब भारतले […]

अम्बानीको कम्पनी रिलायन्सको 'अक्सिजन मिसन'

एजेन्सी। भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्सले भारतमा 'अक्सिजन मिसन' सुरु गरेको छ। कम्पनीले अक्सिजन अभावबाट कोरोना संक्रमितको मृत्यू रोक्न देशव्यापी मिसन चलाएको हो। अम्बानीको कम्पनीले भारत हुने कुल अक्सिजन खपतको ११ प्रतिशत एक्लैले उत्पादन गर्दै आएको छ। गत अप्रिल महिनामा रिलायन्सले १५ हजार मेट्रिक टन अक्सिजन उत्पादन गरेको थियो। जुन, यतिबेला मासिक ५५ हजार मेट्रिक टन पुगेको छ।