विनोद चौधरी बने भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति, एलन मस्क विश्वकै सर्वाधिक धनी

चैत २३,  काठमााडौं । विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।  गए राती सार्वजनिक सूचीअनुसार दक्षिण एशियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन । दक्षिण एशियाका अन्यमुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सकाअनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहन्दै आएका छन् ।  प्रतिनिधि सभाका सदस्यसमेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुँदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमामात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताएका छन् । ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, उनले भने, ‘आफुसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै आफू राजनीतिमा आएको हुँ ।’ उक्त सूची अनुसार दक्षिण एशियाको अर्को मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १६६ जना अर्बपति रहेका छन् भने चीनमा  ५३९ जना अर्बपति रहेका छन् । सूचीको सबैभन्दामाथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७३५ रहेको छ । २९० दशमलव ३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९ दशमलव ८ रहेको छ भने बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो १० को सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी १०  औंं नम्वरमा छन् । 

सम्बन्धित सामग्री

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

ब्लूमबर्गको तथ्याङ्क अनुसार एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए भने मस्क नम्बर २ मा थिए । सोमबार टेस्ला स्टकमा बढोत्तरीले मस्कलाई विश्वका धनी व्यक्तिको सुचीमा […]

पत्रकारहरूको खाता निलम्बन गरेपछि फेरि विवादमा एलन मस्क, युएनले गर्‍यो निन्दा

ट्विटर किनेयता एलन मस्क लगातार विवादित निर्णयका कारण चर्चामा छन् । फेरि ट्विटरसम्बन्धी अर्को विवाद सतहमा आएको छ । कही पत्रकारहरूको खाता निलम्बित गरेको घटनापछि मस्क आलोचित बनेका हुन् ।

एलन मस्क र युक्रेनी राष्ट्रपतिको ट्वीटर युद्ध !

१८ असोज, काठमाडौं । आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् । कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ । मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच […]

एलन मस्क ट्वीटर खरिद गर्न आखिर किन यति हताश थिए ?

केही समय अघिसम्म, ट्वीटर र एलन मस्क बीचको सम्बन्ध एकतर्फी प्रेममा परेको प्रेमीको जस्तै हुने गर्दथ्यो ।एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।मस्कले एकजना गुफा गोताखोरको बारेमा ट्विटरमा आपत्तिजनक टिप्पणी पनि गरे, त्यसपछि गोताखोरल

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।E

ट्वीटरको निर्देशक बन्दै एलन मस्क

काठमाडौं । सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् । ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ । उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि […]

१० खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बन्दैछन् एलन मस्क

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् एलन मस्क । टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक र सीईओसमेत रहेका मस्कको हालको सम्पत्ति दुई खर्ब ४१ अर्ब छ । मस्कको सम्पत्ति दिन प्रतिदिन बढिरहँदा निकट भविष्यमा १० खर्ब डलर पुग्ने देखिएको छ । बेलायतस्थित एक इन्भेस्टमेन्ट बैंकले एलन मस्क १० खर्ब डलर सम्पत्ति भएको विश्वको […]

संसारकै धनी एलन मस्क प्रेमिकासँग छुट्टिए

संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेज सिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध पृथकीकरण भएता पनि आफूहरुबीच राम्रै सम्बन्ध भएको र आफ्ना १ वर्षे छोरालाई मिलेरै हुर्काउने पेज सिक्ससँगको कुराकानीमा बताएका छन् ।उनीहरुको छोराको नामX Æ A-Xii Musk हो । यो नाम अत्यधिक चर्चा भएको थियो । उनल

प्रेमिकासँग छुट्टिए टेस्ला सीईओ एलन मस्क, छोरालाई भने दुवै जनाले पाल्ने

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् । आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’  भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् । स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X […]

बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति

२४ पुस, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन् । बिहीबार टेस्लाको शेयरको भाउ बढेसँगै मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ । यो सम्पत्ति बेजोसको […]