वाग्मती सरकारले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो ।