आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले थप दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ । सो संस्थाले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो । एक आपसमा संस्था गाभ्ने भन्दै गत असोज ९ गते नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिइएको थियो । सैद्धान्तिक सहमतिका लागि आवेदन गर्दा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने निर्णय भएको  थियो । तर, यही पुस ७ गते ती संस्थासँगको प्रारम्भिक सहमति रद्द गरेको केन्द्रीय बैंकलाई जानकारी गराए

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० पुलवजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका–१० स्थित अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो । संस्थाले मंगलवारदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न शुरू गरेको बताइएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ मा अन्तिम स्वीकृति दिएको संस्थाले जानकारी दिएको छ ।

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । कम्पनीकोे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्ग देखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न सुरु गरेको नेप्से मार्फत जनाएको छ ।   नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ गते अन्तिम स्विकृती दिएको थियो ।

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै

काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तको साधारण सभा आइतबार हुँदै, बोनस कति ?

काठमाडौं, २५ चैत । आइतवार आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, ६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा समेत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ को वासलात, […]

आरम्भ चौतारी लघुवित्तद्वारा २१% लाभांश प्रस्ताव

माघ २६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको माघ २५ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ६७ लाख ६३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यो पनि हेर्नुस् : आरम्भ चौतारी लघुवित्तद्वारा ८.८५ % लाभांश प्रस्ताव

आरम्भ चौतारी लघुवित्तमा देउराली गाभियो

काभ्रे, १ मंसिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ । दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ […]

आरम्भ चौतारी र देउराली लघुवित्तको एकिकृत कारोबार मिति तय

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय सँस्था लिमिटेडले कार्तिक ३० गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  आरम्भ चौतारीले देउराली लघुवित्तलाई गाभेपछि आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाको नामबाट एकिकृत कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।  बनेपा -१० काभ्रेपलान्चोक केन्द्रिय कार्यलय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाले बुटवल ४ रुपन्देही केन्द्रिय कार्यलय रहेको देउराली लघुवित्लाई प्राप्ति गरेको हो। प्राप्ति पश्चात बन्ने लघुवित्तको नाम 'आरम्भ चौतारी लघुवित्त' रहनेछ भने यसको केन्द्रिय कार्यलय बनेपा नगरपालिका १० मा रहनेछ। राष्ट्रिय स्तरको लघुवित्तको हैसियतले देशभर लघुवित्त सेवा प्रदान गर्नेछ। राष्ट्र बैंकले तोकेको सर्तअनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था र देउराली लघुवित्त वित्तीय सँस्थाको स्वाप अनुपात १००: ८४ हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई यहि कात्तिक १ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ 'यस बैंकको सञ्चालक समितिको निर्णयानुसार साविकको इजाजतपत्रप्राप्त आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले इजाजतपत्र प्राप्त वित्तीय संस्था देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सो संस्थाको सम्पर्ण सम्पत्ति तथा दायित्व आफमा सर्ने गरी प्राप्ति (एक्विजिशन) गरी मिति २०७८/०७/३० मंगलबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा 'आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट सञ्चालन गर्ने भएकाले “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिन (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन, २०७५)' को विनियम ११ को उप-विनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।'

आरम्भ चौतारी लघुवित्तको सीईओमा शर्मा

काठमाडौं (अस) । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असोज १४ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष  जगतबहादुर पोखरेलले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनीयता सपथ गराए । ग्रामीण विकासमा स्नातकोत्तर शर्मासँग विभिन्न बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ ।  निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रूपमा काम सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सन्राइज बैंक, एनआईसी एशिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...