काठमाडौं (अस) । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असोज १४ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनीयता सपथ गराए ।
ग्रामीण विकासमा स्नातकोत्तर शर्मासँग विभिन्न बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रूपमा काम सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सन्राइज बैंक, एनआईसी एशिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।