माघ २६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको माघ २५ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ६७ लाख ६३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
यो पनि हेर्नुस् :
आरम्भ चौतारी लघुवित्तद्वारा ८.८५ % लाभांश प्रस्ताव