आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० पुलवजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका–१० स्थित अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो । संस्थाले मंगलवारदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न शुरू गरेको बताइएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ मा अन्तिम स्वीकृति दिएको संस्थाले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्त २ करोड ५९ लाख नोक्सानीमा, यस्तो छ कारण

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ५९ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ३ करोड ५० लाख नाफामा थियो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज र गैर सञ्चालन खर्च बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ लाख ३५ हजार रहेकोमा गत आवमा बढेर रू.२ करोड ४१ लाख पुगेको छ । त्यस्तै कम्पनीको गैरसञ्चालन खर्च अघिल्लो आवमा रू. ३ करोड ९२ लाख रहेकोमा गत आवमा बढेर रू. ८ करोड ४७ लाख पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ३६ करोड ७१ लाख छ । जगेडामा कम्पनीले रू. १७ करोड ३८ लाख सञ्चिति गरेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव १६ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

आरम्भ चौतारीको वित्तीय साक्षरता तालिम सम्पन्न

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता...

आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज

चैत २७, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज (आइतवार) हुँदैछ ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बिहान ११ बजे बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा गर्ने जानकारी दिएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्सले २५ औं वार्षिक साधारण सभा होटल्सको रजिष्टर्ड कार्यालय बौद्धमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हो । यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै

काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तको साधारण सभा आइतबार हुँदै, बोनस कति ?

काठमाडौं, २५ चैत । आइतवार आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, ६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा समेत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ को वासलात, […]

आरम्भ चौतारी लघुवित्तमा देउराली गाभियो

काभ्रे, १ मंसिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ । दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ […]

आरम्भ चौतारी र देउराली लघुवित्तको एकिकृत कारोबार मिति तय

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय सँस्था लिमिटेडले कार्तिक ३० गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  आरम्भ चौतारीले देउराली लघुवित्तलाई गाभेपछि आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाको नामबाट एकिकृत कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।  बनेपा -१० काभ्रेपलान्चोक केन्द्रिय कार्यलय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाले बुटवल ४ रुपन्देही केन्द्रिय कार्यलय रहेको देउराली लघुवित्लाई प्राप्ति गरेको हो। प्राप्ति पश्चात बन्ने लघुवित्तको नाम 'आरम्भ चौतारी लघुवित्त' रहनेछ भने यसको केन्द्रिय कार्यलय बनेपा नगरपालिका १० मा रहनेछ। राष्ट्रिय स्तरको लघुवित्तको हैसियतले देशभर लघुवित्त सेवा प्रदान गर्नेछ। राष्ट्र बैंकले तोकेको सर्तअनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था र देउराली लघुवित्त वित्तीय सँस्थाको स्वाप अनुपात १००: ८४ हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई यहि कात्तिक १ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ 'यस बैंकको सञ्चालक समितिको निर्णयानुसार साविकको इजाजतपत्रप्राप्त आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले इजाजतपत्र प्राप्त वित्तीय संस्था देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सो संस्थाको सम्पर्ण सम्पत्ति तथा दायित्व आफमा सर्ने गरी प्राप्ति (एक्विजिशन) गरी मिति २०७८/०७/३० मंगलबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा 'आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट सञ्चालन गर्ने भएकाले “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिन (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन, २०७५)' को विनियम ११ को उप-विनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।'

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...

आरम्भ चौतारी लघुवित्त संस्थाको १०१औँ शाखा सञ्चालनमा

आरम्भ चौतारी लघुवित्त संस्थाका १०१औँ शाखा सञ्चालनमा आएको छ । संस्थाले आफ्नो १०१औँ शाखा सान्नी त्रिवेणी