राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने

१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए […]

सम्बन्धित सामग्री

५५ प्रतिशत किसान परिवारलाई उब्जनीले वर्षभर खान पुग्दैन

काठमाडौं। कृषिप्रधान मुलुक नेपालमा आफ्नै उब्जनीले वर्षभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्रै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ ले यस्तो देखाएको हो । कृषि गणनाको तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६७ हजार घरपरिवारमध्ये ४१ लाख ३१ हजार कृषक छन् । तीमध्ये आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभर खान पुग्ने परिवार ४५ प्रतिशत छ । यो भनेको १८ लाख ५७ हजार परिवार हो । आफ्नै उत्पादनले वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या २२ लाख ७४ हजार अर्थात् ५५ प्रतिशत छ । पछिल्लो दशकमा वर्षभर खान पुग्ने कृषक परिवारको संख्या ५ प्रतिशत बिन्दुले बढेको देखिएको छ । अघिल्लो गणनामा आफ्नै उब्जनीले खान पुग्ने कृषक परिवार संख्या ४० प्रतिशत थियो । खान नपुग्ने संख्या ६० प्रतिशत थियो ।  कृषि तथा पशुपन्छी गणना शाखाका निर्देशक डा. बद्रीकुमार कार्कीले खान पुग्ने कृषक परिवार संख्या वृद्धि हुनुमा विगतको तुलनामा रासायनिक मलको सहज उपलब्धता, उन्नत बीउको प्रयोग र बालीनालीमा लाग्ने रोग किराको औषधिको उपलब्धता प्रमुख कारणको रूपमा रहेको बताए । तर, कृषि पेशाबाट अन्य पेशामा जानेको संख्या बढिरहेकाले यो वृद्धिलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ । आफ्नो उब्जनीले वर्षभर खान नपुग्ने परिवारमध्ये ४७ प्रतिशतले ४ देखि ६ महीना खान नपुगेको बताएका छन् । तीन महीना पनि खान नपुग्ने २४ प्रतिशत छन् । अघिल्लो कृषि गणनामा ६ महीना खान नपुग्नेको अनुपात ४४ प्रतिशत र ३ महीना पनि नपुग्नेको अनुपात १८ प्रतिशत थियो । आफ्नै उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी, १८ प्रतिशतले विदेशमा मजदूरी, १० प्रतिशतले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने बताएका छन् ।  आफ्नै कृषि उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी गरेर जीवनयापन गरिरहेका छन् । १८ प्रतिशतले बाह्य मुलुकमा गएर मजदूरी गरेको बताएका छन् । त्यसैगरी १० प्रतिशत घरपरिवारले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने गरेको जवाफ दिएका छन् ।  खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी किसानको खेतबारीमा वन्यजन्तुले पुर्‍याउने क्षति, जलवायु परिवर्तनलगायत कुराले हाम्रो कृषि अद्योगतितिर गइरहेकोले यसलाई आवश्यक पर्ने मल, बीउ, प्रविधिजस्ता कुरामा सुधार गरेर अघि बढ्नुपर्छ । माटो छुन घीन नमान्ने संस्कारको विकास गर्न सकेमा मात्र नेपालको कृषिले प्रगति गर्न सक्ने उनले बताए । खेती गर्ने जमीनको क्षेत्रफल घट्यो पछिल्लो दशकमा नेपालमा कृषि गर्ने जमीनको क्षेत्रफल घटेको छ । सातौं कृषि गणना २०७८ अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमीनमा खेती गरिएको छ । कृषि गणना २०६८ तुलनामा यो ३ लाख ८ हजार हेक्टरले कम हो । त्यसबेला २५ लाख २५ हजार हेक्टर जमीनमा कृषि कार्य गरिएको थियो । खेती गर्ने जमीनको क्षेत्रफल घटे पनि कृषि कर्ममा लाग्ने परिवार संख्या भने बढेको तथ्यांकले देखाएको छ । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या ३ लाखले बढेको छ । अहिले देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो संख्या ३८ लाख ३१ हजार थियो । मानिसले अन्य पेशा छोडेर कृषि अंगालेका कारण यो संख्या बढेको नभई कृषि कर्ममै संलग्न परिवार टुक्रिएर संख्या बढेको देखिएको निर्देशक कार्की बताउँछन् ।

१९ लाख किसान मौरीपालनमा

काठमाडौं : देशभर पाँच लाखभन्दा बढी घारमा मौरीपालन गरेको पाइएको छ।विहिबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १९ लाख ६ हजार ८५४ कृषक परिवारले पाँच लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेका छन्। अघिल्लो कृषि गणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२ लाख ४ हजार १५० थियो। यस्तै,१० हजार ३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती र नर्सरीखेती गरेको पाइएको छ।

देशभर पशुपालन गर्ने किसान परिवार सं‌ख्या ३४ लाख ५ हजार

विगत १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या ५१ हजार १५७ बढेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ अनुसार अहिले पशुपालन गर्ने किसान परिवारको संख्या ३४ लाख ५ हजार १४ पुगेको छ ।

आजबाट सुरु भयो राष्ट्रिय कृषि गणना, तथ्यांक संकलन ४५ दिनसम्म

६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् […]

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

सातौं कृषि गणनाका लागि झापामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउने तयारी

चैत १५, झापा । केन्द्रीय तथ्यांक विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौं कृषि गणना गर्न लागेको छ ।  नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ ओटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए ।  ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ शुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताए ।  करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उनले जानकारी दिए ।  अधिकृत  लुइँटेललले भने, ‘यो गणनाले कृषि मन्त्रालयले १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।’ कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण संकलन गरिनेछ ।  जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो । रासस