काठमाडौं : देशभर पाँच लाखभन्दा बढी घारमा मौरीपालन गरेको पाइएको छ।विहिबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १९ लाख ६ हजार ८५४ कृषक परिवारले पाँच लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेका छन्। अघिल्लो कृषि गणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२ लाख ४ हजार १५० थियो। यस्तै,१० हजार ३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती र नर्सरीखेती गरेको पाइएको छ।