देशभर पशुपालन गर्ने किसान परिवार सं‌ख्या ३४ लाख ५ हजार

विगत १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या ५१ हजार १५७ बढेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ अनुसार अहिले पशुपालन गर्ने किसान परिवारको संख्या ३४ लाख ५ हजार १४ पुगेको छ ।

सम्बन्धित सामग्री

व्यावसायिक पशुपालन गर्ने सल्यानका ७ किसान र २ सहकारी पुरस्कृत

व्यावसायिक पशुपालन गर्दै आएका जिल्लाका ७ जना किसान र २ सहकारी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत  भएका छन् । व्यावसायिक पशुपालनमा उत्कृष्ट काम गरेर वार्षिक लाखाभन्दा बढी आम्दानी गर्दै आएका किसान तथा सहकारी पुरस्कृत भएका हुन् ।

अनुदानले निर्वाहमुखीबाट व्यावसायिकतातर्फ पशुपालन, देशभरका किसान व्यावसायिक बन्दै

पोखरा । सरकारले हरेक वर्ष अनुदानमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्ने भन्दै अर्बौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, फितलो कार्यान्वयन, योजना छनोटमा बेवास्ता तथा उचित अनुगमन तथा मूल्यांकन नहुँदा योजना असफल भएका उदाहरण बग्रेल्ती पाइन्छन् । तर, अनुदान रकम सदुपयोग गर्न सके निर्वाहमुखी रहेको पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् कास्कीको रूपा गाउँपालिकाका २४ महिला किसान ।  विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल लाइभस्टक आयोजनामा जोडिएर पशुपालनमा लागेका देशैभरका ५ सयभन्दा बढी किसान अनुदानको रकम सदुपयोग गरी आफूलाई व्यवसायिक कृषकरूपमा उभ्याउँदैछन् ।  आयोजनाले गण्डकी प्रदेशमा मात्रै ४८ पालिकामा १३६ उपआयोजना सञ्चालन गरी निरन्तर अनुगमन मूल्यांकन तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइरहेको छ । व्यक्ति, समूह, सहकारी, संघ र निजी फर्म तथा कम्पनीसँगको सहकार्यमा यी आयोजना अगाडि बढेका हुन् ।  आयोजना सञ्चालन गरिरहेका कृषकले केही प्राविधिक र प्रक्रियागत झन्झट भएता पनि आयोजना सम्पन्न हुँदासम्म आफू व्यवसायिक उत्पादक भएको बताएका छन् ।  कास्कीको रूपा गाउँपालिका–५ देउरालीस्थित २४ जना महिला मिलेर १ करोड ९८ लाख लगानीमा सञ्चालन गरेको  ‘अन्नपूर्ण पशुपालक समूह’ उपआयोजनामा आवद्ध भएका महिला कृषकहरूले आयोजना सम्पन्न भइसक्दा व्यवसायिक कृषक बनेको बताए ।   बाँदरले खेती नष्ट गर्न थालेपछि कृषक समूह बनाएर बाख्रापालन व्यवसाय शुरू गरेका यहाँका २४ महिला व्यावसायिक बन्दै गएका हुन् । सिँचाइको सुविधा नहुँदा किसानहरूको खेतीयोग्य जग्गा कम छ । त्यसमा पनि बाँदर आतङ्कका कारण बस्ती नै विस्थापित हुने अवस्था थियो । फलफूल, मकै, आलु, दलहन, गहुँ र तरकारीलगायतका बाली जोगाउनै मुस्किल परेपछि अधिकांश खेती बाँझै थियो ।  समूहले वन कार्यालयको सहयोगमा ३ हजार २०० घाँसका बेर्ना ल्याइ बाँझो जग्गामा लगाएपछि व्यावसायिकतातर्फ उन्मुख भएको किसान बताउँछन् । हाल आयोजनाको अनुदान सहयोगसहित कुल १ करोड ९८ लाखमा २२ अत्याधुनिक खोर निर्माण गरी बाख्रापालन गरिएको छ । शुरूमा ३१० बाख्रा र १३ ओटा उन्नत जातका बोका खरीद गरी शुरू भएको आयोजनाका सबै पशुको प्रसुडेन्सियल इन्योरेन्सले बीमा गरिदिएको छ । सुधारिएको खोर यूरियन पीट, कम्पोष्ट पिट निर्माण गरिएको छ । आयोजनाले सम्पन्न नभएसम्म प्राविधिक र आर्थिक सहयोग गर्दा यो उपआयोजना सम्भव भएको हो ।  यो समूहको नेतृत्व एक ६५ वर्षीया महिलाले गरेकी छन् । सामान्य लेखपढ समेत नभएकी खोमाया गुरुङ अन्नपूर्ण पशुपालक समूहकी अध्यक्ष हुन् । गाउँको आमा समूहमा ३० वर्ष अध्यक्ष रहेकी गुरुङलाई जापानी सहयोग नियोग जाइकामा लामो समय काम गरेको अनुभव पनि छ । छोरा विदेश बुहारी शहर झरेपछि एक्लै बनेकी गुरूङले आँफू सहित व्यवसायि बन्न चाहेका अन्य २३  जना महिलाको नेतृत्व गरिरहेकी छन् । आँफुले ऋण र आयोजनाको सहयोगमा ६ ओटा बाख्रा ल्याएर पाल्न थालेकी हुन । अहिले उनको खोरमा २४ ओटा बाख्रा पुगेका छन् । आफूले पनि बाख्रा पाल्दा अन्य महिलालाई हौसला मिलोस भनेर खोर बनाएको उनि बताउँछिन् ।   ‘छोरा विदेश गए बुहारी शहर झरिन् । खेतवारी बाँझै हुँदा मन दुख्थ्यो अहिले सबैमा घाँस लगाएकी छु । आफै घाँसपानी गर्छु,’ उनले भनिन्,  ‘नाती/नातिना दशैंमा आउँछन् । एउटा खसी खान्छन्, जान्छन्।’  ‘गाउँमा युवा छैनन्, भएका यिनै छोरीबुहारी हुन् । म बूढीमान्छेले २÷४ बाख्रापाल्दा यिनलाई हौसला होला भनेर मैले पनि पालेकी हुँ । तर, राम्रो भएको छ, आफै घाँसपानी गर्छु। ऋणको किस्ता महिनाको ७ हजार जति आउँछ । एउटै खसी बेचे २ महीनालाई किस्ता पुग्छ,’ उनले थपिन् । समूहकी सदस्य रहेकी कृषक दुर्गा बिकका अनुसार आयोजनाको अनुदान र बैंकको ऋण सहयोगमा खोर निर्माण सम्पन्न भएपछि २/४ ओटा बाख्रा पालन शुरू गरेको भए पनि अब व्यावसायिक रूपमै विस्तार गरी बाख्रापालन गर्ने सोच बनाएको बताइन् । आयोजना सम्पन्न हुँदासम्म सिकेको र प्राप्त गरेको तालिम तथा ज्ञानले आफूहरू व्यावसायिक बाख्रापालन गर्न सक्षम भएको उनको भनाइ छ । ‘पहिले पनि बन्दजस्तै (परम्परागत) खोरमा बाख्रा पाल्थ्यौं, कहिले राम्रो आम्दानी भएन । अहिले अत्याधुनिक खोर छ, कसरी पाल्नुपर्ने रहेछ भन्ने पनि सिकियो । अहिले छोटै समयमा उत्पादन पाउँदा अव व्यावसायिक रूपमै बाख्रापालन गर्ने सोचेकी छु,’ उनले भनिन् ।  सोही समूहकी सचिव तथा उपआयोजनाकी प्रबन्धक अप्सरा श्रेष्ठले लामो समय पोखरा बजारमा बस्दै आएको र कोरोना महामारीको समय गाउँ फर्केर शुरू गरेको बाख्रपालनले गाउँमै रोकेको बताइन् ।  उनका अनुसार यो समूहमा खरी बाख्रा तथा बोयर बोका खरीद गरी बाख्रापालनलाई व्यावसायीकरण र आधुनिकीकरणपछि दैनिक १९ किलो मासु उत्पादन गर्ने समूहको दीर्घकालीन योजना रहेको बताइन् ।  समूहले उत्पादन गरेको मासुको बजार व्यवस्थापनमा कुनै समस्या नभएको श्रेष्ठ बताउँछिन् । ‘बजारको समस्या पनि छैन । उपभोक्ता यहीँ आएर लैजानुहुन्छ । हामीले यहाँ आएका उपभोक्तालाई सकेसम्म खाली पठाउँदैनौं । समूहले उत्पादित खसीबाख्रा विक्रीका लागि बजारको मासु पसलसँग सहकार्यसमेत गरेको छ,’ उनले भनिन् । उनले जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँमा विक्री हुने गरेको जानकारी दिइन् ।

सरकारले दिने अनुदान वास्तविक किसानको साटो अरुकै खल्तीमा

बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् । विशेष गरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट …

ओखलढुंगाका किसान व्यवसायिक बाख्रा पालनमातर्फ आकर्षित

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन गर्न थालेका हुन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागू भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । तर ती किसान पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहजरुपमा बजारसम्म जैलाने वातावरण छैन् ।

दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरूलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भैरवी गाउँपालिका–७ […]

व्यावसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन्। व्यावसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो। कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना […]

घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण

काठमाडौँ,३ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो । कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई […]

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो ।महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज

दूध नबिक्दा फलेवासका किसान मर्कामा

पर्वत, असार १३ । पर्वतको फलेवास नगरपालिकाका किसान दुध विक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध विक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करीब १ हजार ५ सय कृषक सहकारीमा आबद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरूले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका […]