सत्ता समीकरणका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन मुस्किल पर्ने देखिएको छ ।
बुधवार दिउँसो १ बजे शुरू भएको प्रदेश सभा बैठकमा जनमोर्चाका खिमविक्रम शाही उपस्थित छैनन् ।
उनी पार्टीको सम्पर्कमा नरहेको स्रोतले जनायो ।
कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदा...