कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेसन तयार पारिएको हो । दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त