शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा अति राजनीतिकरणले ध्वस्त भएको भन्दै अब राजनीतिक दलहरुले विद्यालयमा राजनीति नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले सो सुझाव दिनुभएको हो । उहाँले अहिले समाजमा राजनीतिक दलमा आबद्ध …