काठमाण्डाै – गृह मन्त्री विष्णु पौडेलले विपदमा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताउनुभएको छ । आइतवार राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै गृह मन्त्री पौडेलले मनसुनजन्य विपदमा परेकाको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो ।
राजनीतिका लागि अन्य कैयौँ एजेन्डा भएको भन्दै उहाँले मानवीय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो । विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र पालिकाकाे सरकारबीच प्रभावकारी समन्वय भएको उहाँ...