काठमाडौँ – प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन्। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए। आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उनले […]