खसीबोकाको ब्यापार बढ्यो

तेह्रथुम-चाडपर्व नजिकिँदै जाँदा तेह्रथुमका बजारहरुमा खसी, बोकाको व्यापार बढ्दै गएको छ । दसैंका लागि मासुको जोहो र नवदुर्गाको पूजाका लागि खसी तथा बोकाको किनबेचका लागि ग्राहकहरुको माग बढ्दै गएपछि व्यापारमा वृद्धि भएको हो ।तेह्रथुम सदरमुकाम म्याङलुङ तथा स्थानीय तहका केन्द्रमा रहेका हाट बजारमा किसानले खसी बोका बिक्री गर्न ल्याउने गरेका छन् । दसैं सिजनमा खसीबोकाको […]

सम्बन्धित सामग्री

विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किए मन्त्री रिजाल

काठमाडौं, ३२ जेठ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किएका छन् । भारतको कलकत्तामा तीन दिने सम्मेलन सकेर मन्त्री रिजाल आज (बिहीबार) नेपाल फर्किएका हुन् । सम्मेलनमा सहभागिता जनाउने क्रममा मन्त्री रिजालले सन् २०२६ सम्ममा अतिकम विकसित देशको श्रेणीबाट नेपाल स्तरोन्नती गराउँदै विकाशील राष्ट्र बन्न खोजेकाले यसका लागि […]

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव

झापा । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौकमा हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसँग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका […]

दशैँ लाग्यो, तर ब्यापार छैन

सामान्यतया, सोह्र श्राद्ध सुरु भएपछि दशैँको लागि बजारमा चहलपहल सुरु हुन्छ । काठमाडौँका असन, इन्द्रचोक र न्यूरोडका होलसेल पसलहरुमा दशैँको सामान किन्नेहरुको चहलपहल नबाक्लिए सम्म दशैँ आएको आभाष नै हुँदैन । असन र इन्द्रचोकबाट काठमाडौँ बाहिर पनि सामान जाने भएकाले सामान्य अवस्थामा दशैँ आउन १ महिना हुँदै यी क्षेत्रमा थेगिनसक्नुको भीड लाग्ने गथ्र्यो । तर, यसपाली अवस्था फरक छ । दशैँको घटस्थापना आउन जम्मा १४ दिन बाँकी छ । तर, अहिले असन, इन्द्रचोक र न्यूरोडका होलसेल तथा खुद्रा पसलहरु सुनसान छन् ।कुनै क्षेत्रको पनि ब्यापार छैनबिजपाटी डटकमको टोली न्यूरोड हुँदै असनतर्फ पुग्दा प्राय कुनै पनि पसलमा ग्राहक थिएनन् । घुमफिर गर्न हिडेका प्रौढ र अल्लारे युवा युवतीसहित केही विदेशी पाहुन देखिन्थे । यो क्षेत्रको चहल पहलले दशैँ नजिकिएको कुनै गुञ्जायस नै गर्दैनथ्यो ।इन्द्रचोकको मछिन्द्रबहालस्थित तिमल्सिना शु–सेन्टरका सञ्चालक बद्री तिमल्सिना फुर्सदिला देखिन्थे । उनका बुबा आमाले २३ वर्ष अगाडीबाट सो क्षेत्रमा पसल सुरु गरेकामा करिब १० वर्षदेखि उनले चलाउन थालेका छन् । तर, कोरोना महामारीको समयलाई छोडेर हेर्ने हो भने यसपालीको जस्तो सुनसान यसअघि कहिल्यै भएको थिएन भन्ने दाबी उनको छ ।नजिकै जोडिएको भाँडा पसलमा पनि कुनै चहलपहल देखिएन ।इन्द्रचोकको मन्दिर आसपासमा भएका मसला पसलहरुबाट मगमग बासना आइरहेको थियो । बाह्रा मसालासहित अन्य मसलाको सुगन्ध फैलिएको भएपनि खरिदकर्ता भने एक जना पनि थिएनन् । अलिक अगाडी बढेपछि हामी एक तल्ला माथि रहेको एउटा साडी पसलमा पुग्यौँ । त्यहाँ पनि अवस्था फरक थिएन । साडी पसलकी सञ्चालिका त झन ब्यापार नभएर मात्रै होइन, सोधखोज गर्न ग्राहक नआएकोमा उदेक लाग्ने बताउँछिन् ।अपरान्ह ४ः३० बजेतिर पुगेको बिजपाटीका रिपोर्टरहरुसँग उक्त पसलकी सञ्चालिका रेनुका भन्दै थिइन्, ‘अघि भर्खर पौने ४ बजे मात्रै बोनी गरेर बसेको छु, आज जम्मा २ पिस साडी बिक्रि भएको छ ।’कारण के ?हामीले कुरा गरेका अधिकांश पसलका सञ्चालकहरुले मान्छेसँग पैसा नभएकै कारण असन क्षेत्र दशैँको मुखमा पनि सुनसान भएको हुनसक्ने अनुमान गरेका छन् । ‘मान्छेसँग पैसा नै नभएर त होला नि, अब आएका छैनन्’ जुत्ता पसलका सञ्चालकले हामीसँग भने, ‘तपाई आफैँ भन्नुस् त, दशैँको मुखको असन बजार यस्तै हुन्थ्यो त ? यतिबेला त यहाँ पाइला टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले त बाइक लिएरै मान्छे हिडिरहेका छन् ।’उक्त पसलका सञ्चालकसँगै रहेका उनका साथीले पनि थपिहाले, ‘यहीँ सिजनमा ब्यापार गरेर वर्षभरी पुर्याउनुपर्ने, दशैँमै ब्यापार छैन ।’विकास निर्माणका काम नहुँदा काम गरेर खाने वर्गको हातमा पैसा नभएको र पैसा चलाइरहने वर्गले पनि यसपाली पैसा चलाउन नपाएकाले असार साउनमा भएको तरलता संकटको असर ब्यवसायमा दशैँको मुखमा देखिएको असन र इन्द्रचोक क्षेत्रका व्यवसायीहरुको बुझाई छ ।

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला […]

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

४ भदौ, म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ […]

३७ प्रतिशतले बढ्यो ब्यापार घाटा: ४४ देशसँग ब्यापार हुँदा ३९ सँग घाटा

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर कुल ४४ वटा देशहरूसँग नेपालले वैदेशिक ब्यापार गरेको छ। आर्थिक वर्षमा यस नाका वैदेशिक ब्यापार गरेका ४४ मध्ये नेपाललाई ३९ वटा देशहरूसँग ब्यापार घाटा भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्याँकमा जनाइएको छ। देशमा आयात हुने मुख्य वस्तुहरू यसै नाकाबाट […]

रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै […]

७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो।...

होलीमा कोरोनाको प्रभाव : सोचेजस्तो भएन ब्यापार

मोरङ : कोरोना कहरले गर्दा यस वर्ष पनि मोरङमा होलीमा ब्यापारमा भारी गिरावट आएको छ। होलीमा प्रयोग हुने सामग्री विक्रीका भारी गिरावट आएको ब्यापारीहरूले बताएका छन्। हाटखोलाका नवीन साहको यसवर्ष पनि होलीमा ब्यापार सोंचे जस्तो नभएको बताए। विराटनगरस्थित जलजला पुरानो गुद्रिमा सप्तरङ्गी रङ, पिचकरी, ह्याप्पि होली लेखिएका सेतो टिसर्ट लगायतका सामग्री फिजाएर बसेका उनीले पोहोरको जस्तै यसवर्ष पनि कोरोनाले ब्यापार चौपट पारेको सुनाए।बिहानैदेखि ग्राहक कुरेर बसे पनि खासै सामान विक्री नभएको उनले बताए। जलजला चोक