भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो।...
चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १३ खर्ब ८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३८.६४ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ९ खर्ब ४३ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४७ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८२.९० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ८० अर्ब ७७ करोड बराबरको सामान निर्यात गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६३ अर्ब मात्रै थियो। ८ महिनाको अवधिमा नेपालले डिजेल मात्र ८७ अर्ब ८३ करोडको आयात गरेको छ । त्यस्तै ४० अर्ब ६४ करोडको एलपीजी ग्यास, तथा ३९ अर्ब ८५ करोडको पेट्रोल आयात गरेको छ । यस अवधिमा नेपालले ४१ अर्ब ४० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।
चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा यस्तो ब्यापार घाटा ७ खर्ब ३३ अर्ब थियो ।