हुस्सु र कुहिरोसँगै मौसम बदलीका कारण अधिकतम तापक्रम पनि घट्दै, चिसो झन् बढ्दै

काठमाण्डाै – प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज शुक्रवार हल्का पानी पर्ने अनुमान गरिएको छ । हिमाली जिल्लामा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । देशभर अधिकतम र न्यूनतम तापक्रम घटिरहेकाले चिसो बढ्दै गएको छ । चिसो हावा र बाक्लो हुस्सु कुहिरोले जाडो अझ बढाएको छ । काठमाण्डौको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ । तर अधिकतम तापक्रम लगातार घटिरहेको छ । अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठ...

सम्बन्धित सामग्री

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

कुर्सीका लागि लुछाचुँडी गर्दै नेता, चिसोमा कठ्यांग्रिदै विद्यार्थी

काठमाडौं : पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ।सबैभन्दा थोरै तापक्रम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ। विभागले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सबैसँष आग्रहसमेत

चीनको राजधानी बेइजिङमा शीतलहरको चेतावनी

चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटाे चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ । शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियससम्ममा झर्ने अनुमान छ । भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटाे चल्ने महाशाखाले जनाएको छ । शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, याताया...

जाडोयाम सकिँदै, तापक्रम बढ्दै

काठमाण्डाै – जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ । केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम र न्युनतम तापक्रम बढेको छ । यसले गर्दा चिसो घट्दै गएको छ । विराटनगर,  सिमरा, जनकपुर र धनगढीको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ भने नेपालगन्जको २४ दशमलव ६, भैरहवाको २४ दशमलव ३, वीरेन्द्रनगरको २३ र काठमाण्डौको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसम प...

काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा घट्यो : चिसो अझै बढ्न सक्ने

काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने काठमाण्डौसहित धेरै ठाउ...

काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ ।  रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहा...

देशभर चिसो बढ्दै जाने, जुम्लामा सबैभन्दा जाडो

देशभर चिसो बढ्दै  गएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

देशभर चिसो बढ्यो, तत्काल वर्षा नहुने

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम न्यूनतम दुई डिग्री

कात्तिक १३, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रवार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री रहेकोमा शनिवार १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।             अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।             हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस

देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली

काठमाण्डाै - देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।   हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेक...