काठमाडौं : पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ।सबैभन्दा थोरै तापक्रम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ। विभागले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सबैसँष आग्रहसमेत