चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटाे चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ ।
शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियससम्ममा झर्ने अनुमान छ । भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटाे चल्ने महाशाखाले जनाएको छ ।
शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, याताया...