लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
बैठकमा सत्तापक्ष नभए पनि बैठक चलिरहेको छ । मुख्यमन्त्रीले राजीनामा दिएको सूचना प्रदेश सभामा नपुगेपछि बैठक चलिरहेको हो ।
मुख्यमन्त्रीको राजीनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन् । अहिले अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।
अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लाग...