नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए । उनी स्ववियु परिषदको सभापति पनि भए ।२०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए । गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समिति