सरकारले कोरोना संक्रमणको आशंका वा लक्षण देखिएको छ भने ५ दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न र त्यसपछि परीक्षण गराउन आग्रह गरेको छ । संक्रमण आशंका भएकाले परीक्षण गराएको छैन भने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए । सीमा नाकाहरुमा नेपाल प्रवेश गर्ने यात्रु