बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहर