बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन भएको छ । डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । बुधबार राति मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले लगत्तै पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आजै उनलाई एमाले संसदीय दलको नेता चयन गरिएको थियो ।
यससँगै शाक्य नेपालको पहिलो पहिला मुख्यमन्त्री बन्न सफल भएकी छिन् । देश संघीयतामा गएपछि बनेको प्रदेश स...