सेनाले किन्न थालेपछि बढ्यो दूधको बजार

 नेपाली सेनाले दुग्ध विकास संस्थान (डीडीसी) को दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न थालेपछि दूधको बजार विस्तार भएको छ। कोभिड–१९ का कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा आएको ह्रासपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औपचारिक बजारको खोजीमा लागेको थियो।  त्यसक्रममा गत फागुनको पहिलो साता मन्त्रालयले गृह, रक्षा तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग दूध तथा दुग्ध पदार्थ खरिद गर्न आग्रह गरेको अनुसार नेपाली सेनाले डीडीसीको दूध प्रत्यक्ष खरिद गर्न थालेको हो।  कृषि मन्त्रालयले यी तीनवटै मन्त्रालयका पद...

सम्बन्धित सामग्री

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

काठमाडौं । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्‍यो,’ उनले भने । गोलभेँडाको मूल्य अत्यधिक बढेपछि अहिले अधिकांश पसलमा नपाइएको उपभोक्ताको गुनासो छ । बजारमा गोलभेँडाको सबैभन्दा धेरै बढेको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ थियो । तर अहिले यो मूल्य बढेर ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीना अवधिमै गोलभेँडाको मूल्य किलोमा करीब चार गुणाले बढेको हो । होलसेलमै यति पर्ने गोलभेँडाको भाउ खुद्रामा अझै बढी पर्दा उपभोक्ता मारमा परेका छन् । नेपालीको भान्सामा नभई नहुने तरकारीमध्येको एक हो गोलभेँडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्ता मर्कामा पर्ने गरेका छन् । सामान्य अवस्थामा काठमाडौं आउने अधिकांश गोलभेँडा अहिले स्थानीय तहको चुनावको माहोलका कारण गाउँघरतिरै खपत भइरहेको छ । यसले आपूर्तिमा समेत चाप परेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भारतबाट गोलभेँडा नआएकाले मूल्य आकाशिएको बताए । स्थानीय चुनावको कारण केही दिन सीमानाका बन्द हुँदा आपूर्ति घटेकाले पनि मूल्य बढेको उनको भनाइ छ । चालू आर्थिक वर्षको ९ महीना अवधिमा कालीमाटी तरकारी बजारमा २६ हजार ८०२ टन सानो खालको गोलभेँडा भित्रिएको श्रेष्ठले जानकारी दिए, जसमध्ये ४ हजार ६६ टन भारतबाट आयात गरिएको र बाँकी स्वदेशमै उत्पादन भएको उनले बताए । काठमाडौंमा अहिले धादिङ, मकवानपुर, काभ्रे र चितवनबाट ठूलो परिमाणमा गोलभेँडा आउने गरेको छ । उनका अनुसार अहिले नेपाली गोलभेँडाभन्दा पनि भारतीय गोलभेँडा आउने समय हो । स्वदेशमै उत्पादन भएको गोलभेँडाले बजारको माग नधान्ने हुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । बाहिरबाट आयात गर्दा विभिन्न कारणले मूल्यमा तलमाथि हुने गरेको छ । भारतबाट आउन थालेपछि गोलभेँडाको फेरि मूल्य घट्ने श्रेष्ठले बताए । भारतबाट सानो गोलभेँडाको तुलनामा ठूला गोलभेँडा बढी भित्रिने गरेको छ । भोजभतेर लगायत प्रयोजनमा सलादका रूपमा उपभोग गरिने भएकाले पनि यो समयमा गोलभेँडाको माग बढी हुन्छ । ९ महीनामा भारतबाट ५ हजार ४०० टन ठूलो गोलभेँडा कालीमाटी बजारमा भित्रिएको छ ।

स्थानीय चुनावले महंगियो भान्सा, एक महीनामै ४ गुणाले बढ्यो गोलभेडाको मूल्य

वैशाख ३, काठमाडौ । काठमाडौंस्थित असनका सुनिल शर्मा एक विहानै तरकारी किन्न असन बजारमा जाँदा उनी गोलभेडाको मूल्य सुनेर चकित भए ।  बल्लबल्ल उनले एउटा पसलमा एक किलोग्राम गोलभेडा १४० रुपैयाँमा भेट्टाएँ । ‘महँगो भए पनि किन्नै पर्‍यो’,  उनले आर्थिक अभियानसँग भने । गोलभेडको मूल्य अत्यधिक बढेपछि प्रायजसो पसलहरुमा गोलभेडा नपाएको उपभोक्ताको गुनासो छ ।  केहि दिन अघिसम्म जतासुकै पाइने गोलभेडा अहिले अधिकाशं पसलेहरुमा विक्रीमा राखेको देखिदैन । अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको मूल्य आकासिएको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेडा प्रतिकिलो २० देखि ३० रुपैयाँ रहेको थियो । तर अहिले यो मूल्य बढेर किलोकै ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीनाको अवधिमा गोलभेडाको मूल्य किलोमा चार गुणाले बढेको हो । होलसेलमै यति पर्ने गोलभेडा खुद्रामा अझै बढि पर्दा उपभोक्ता झन मारमा परेका छन् ।  नेपालीको भान्सामा नभई नहुने तरकारी मध्येको एक हो, गोलभेडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्तालाई थप समस्या पर्ने गरेको छ । चुनावको माहोल हुँदा स्वदेशमै उत्पादन भएको गोलभेडा पनि धेरैजसो गाँउ घरतिर नै खपत भइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ भारतबाट गोलभेडा नआएकाले मूल्य आकासिएको बताउँछन् । स्थानीय चुनावको कारण केहिदन यता सिमानाका बन्द हुँदा मूल्यमा असर परेको उनको भनाइ छ । चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा कालीमाटी बजारमा २६ हजार ८०२ टन सानो खालको गोलभेडा भित्रिएको श्रेष्ठले जानकारी दिए । जसमध्ये, ४ हजार ६६ टन भारतबाट आयात गरिएको र बाँकी स्वदेशमै उत्पादन भएको पनि उनले बताए । काठमाडौंमा अहिले धादिङ्, मकवानपुर, काभ्रे र चितवनबाट ठूलो परिमाणमा गोलभेडा आउने गरेको छ ।  उनका अनुसार यो समयमा नेपाली गोलभेडाभन्दा पनि साना भारतीय गोलभेडा आउने समय हो तर उक्त गोलभेडा आएको छैन । स्वदेशमै उत्पादन भएको गोलभेडाले बजारको माग नधान्ने हुँदा बाहिरबाट आयात गर्नुपर्छ । बाहिरबाट आयात गर्दा मूल्यमा तलमाथि हुने भएकाले मूल्य घटबढ भइरने हुन्छ । भारतबाट आउन थालेपछि फेरि मूल्य घट्ने उनले बताए । भारतबाट सानो गोलभेडाको तुलनामा ठूला गोलभेडा बढि भित्रिने गरेको छ । भोजभतेर लगायतका समारोहमा सलादका रुपमा प्रयोग हुने भएकाले पनि यो समयमा गोलभेडाको माग बढी हुन्छ । ९ महीनाको अवधिमा भारतबाट ५ हजार ४०० टन ठूलो गोलभेडा कालीमाटी बजारमा भित्रिएको छ ।

यो साता बजार सकारात्मक : डेढ खर्बले बढ्यो कुल बजारपूूँजीकरण

वैशाख ३१, काठमाडौं । लगानीकर्ताहरुको मनोबलका आधारमा उचारचढाब आउँने धितोपत्र बजार यो साता सकारात्मक देखिएको छ । स्थानीय चुनावका कारण बजारमा तरलता सहज हुने विश्वास र जेठमा ब्याजदर नबढ्ने भएसँगै यो साता लगानीकर्ताहरुको मनोबल बढेको देखियो । साथै बजार निरन्तर घटेर २ हजार २२५ को विन्दुमा झरिसकेको अवस्थामा लगानीकर्ताहरु सस्तोमा शेयर किन्न उत्साहित बनेकाले पनि यो साता बजारमा सकारात्मक प्रभाव परेको हो । गत साता २ हजार २३८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १११ दशमलव ८० अंकले बढेर २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । अनुभवि लगानीकर्ताहरुले बैंकहरुको व्याजदर नबढ्नु र स्थानीय निर्वाचन पछि बजारमा तरलता भित्रिने सम्भावना रहेकाले आगामी दिनमा पनि बजार अझै माथी जाने विश्वास व्यक्त गरेका छन् । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २१ दशमलव ४१ अंकले बढेको छ । गत साता ४३२ दशमलव ५५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ९६ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद विक्री भएको थियो । चार दिन निरन्तर बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्य रू. १ खर्ब ५८ अर्ब ७८ करोड ७४ लाखले बढेको छ । गत साता रू. ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख पुगेको हो । यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए गत साता सर्वाधिक गुमाएका वित्त समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक कमाएका छन् । अघिल्लो साताको तुलनामा गत साता सर्वाधिक ८ दशमलव ९४ प्रतिशतले घटेको वित्त समूहको उपसूचक यो साता भने सर्वाधिक १० दशमलव ९६ प्रतिशत बढेको छ । वित्त समूहसँगै यो साता जलविद्युत समूहको उपसूचक पनि १० दशमलव २७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै यो साता अन्य समूहको ७ दशमलव २७ प्रतिशत, विकास बैंकको ६ दशमलव ६१ प्रतिशत, लगानी समूहको ५ दशमलव ५३ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७७ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव २८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ३१ प्रतिशत र म्युचुअल फण्ड समूहको उपसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । यो साता सबै समूहगत उपसूचहरु गत साताको तुलनामा बढेका हुन् । साताको बजारका सूचकहरुको अवस्था :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत उपसूचकमा आएको परितर्वन :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

चितवनको घरजग्गा कारोबार ४०% ले बढ्यो, ६ मिटर बाटोमा १० लाख रुपैयाँमै घडेरी

पुस २, काठमाडौं। नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ।  मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा देशभरबाट लाखौ नेता तथ कार्यकर्ता चितवन पुगेका थिए। महाधिवेशनमा आएका प्रतिनिधिदेखि कार्यकर्तासम्मले त्यतिबेलै चितवनका विभिन्न ठाउँमा घरघडेरी हेरेर गएका थिए। गोजिमा नगद पैसा हुने नेता कार्यकर्ताले कसैले बैना मात्रै दिएर त कसैले पुरै रकम दिएर तत्कालै घरजग्गा किनेका कारण चितवनको कारोबार बढेको घरजग्गा व्यावसयि दीनेशकुमार चुकेले बताए। मंसिर महीनामा चितवनका चार ओटै मालपोत कार्यालयबाट २ हजार ८०० ओटा घरजग्गा किनबेच भएका छन्। अघिल्लो महिना कात्तिकमा भने जिल्लाभर २ हजार ओटा घरजग्गा मात्रै किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ। त्यस्तै मंसिरमा जिल्लाभर २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने जिल्लाभर जम्मा २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। कारोबार संख्या ४० प्रतिशतले र राजस्व रकम २२ प्रतिशतले बढेको विभागले बताएको छ। ‘अहिले किनबेच भएका घरजग्गाहरु सानो सानो रकमका हुन्। चितवनमा अहिलेपनि १० देखि १५ लाख रुपैयाँमा १० धुर घडेरी किन्न सकिन्छ।’ चुकेले भने,   ‘कारोबार संख्या ४० प्रतिशतले बढेपनि राजस्व रकम भने २२ प्रतिशत मात्रै बढ्नुको कारणपनि त्यहि हो।’ ७५ बिगाहमा प्लटिङ, करिब तीन हजार घडेरी विक्रीमा चितवनमा अहिले अनुमति लिएका कम्पनी र व्यक्तिगत कारोबारी गरेर १५/२० जना व्यक्तिले घरजग्गा प्लटिङ गरेर किनबेच गर्ने गरेको व्यावसायि चुकेले बताए। एकै व्यक्तिले एक बीघादेखि पाँच बीघासम्म जग्गामा प्लटिङ गरेका छन्। यसरि अहिले नगरपालिकाको मापदण्ड अनुसार नै कम्तिमा छ मिटर चौडा बाटोमा १० देखि १५ लाख रुपैयाँमै किन्न पाइने करीब ३ हजार बढी घडेरीहरु विक्रीमा रहेको उनले बताए। ‘चितवनमा महानगरभित्र पनि कम्तिमा २५ लाख रुपैयाँबाट घडेरी किन्न सकिने अर्का व्यावसायि किशोर थापाले बताए। मुख्य राजमार्गबाट ४/५ किलोमिटर दायाँबायाँ जाँदा २०/२५ लाखदेखि महानगरभित्रै पनि घरघडेरी किनबेच भइरहेका छन्।’ थापाले भने, ‘महानगरभित्र मुख्य बजार क्षेत्रमा भने जग्गाको मूल्य प्रतिकठ्ठा ६/७ करोड रुपैयाँ घटिमा किनबेच हुँदैन।’ यो पनि पढ्नुस : तरलता संकटले सबैक्षेत्र अस्तव्यस्त हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि, कालोधनको प्रयोग भएको हो ? चारवटै मालपोतबाट करोड बढी राजस्व संकलन काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै मालपोत कार्यालय रहेको चितवनमा चार ओटा मालपोत कार्यालयले सेवा दिइरहेका छन्। महानगरभित्रका घरजग्गा किनबेच हुने भरतपुर (चितवन) मालपोत कार्यालयले ५ देखि १० करोड रुपैयाँसम्म राजस्व उठाएपनि अन्य कार्यालयले भने ५०/६० लाख रुपैयाँ राजस्वमै चित्त बुझाईरहेका थिए। तर मंसिरमा भने चार ओटै मालपोत कार्यालयले कम्तिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्। सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्। कात्तिकको तथ्याङ्कमा भने चितवन मालपोतबाट १४ करोड ९० लाख, माडिबाट १ करोड १२ लाख, चनौलीबाट ३ करोड ७ लाख र खैरहनीबाट ३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। कारोबार संख्याको आधारमा चितवनबाट सर्वाधिक १ हजार ७०० ओटा घरजग्गा किनबेच हुँदा माडीबाट १८२ओटा, चनौलीबाट ५६६ ओटा र खैरहनीबाट ३४७ ओटा घरजग्गा किनबेच भएका छन्। यो तथ्याङ्कले महानगरभित्र पनि सस्तो मूल्यका घरजग्गा धेरै किनबेच भएको पुष्टि गरेको छ।  कात्तिकमा भने चितवन मालपोतबाट १ हजार २७८ ओटा घरजग्गा मात्रै किनबेच भएका थिए। त्यस्तै माडीबाट १०१ ओटा, चनौलीबाट ४३६ ओटा र खैरहनीबाट २६० ओटा घरजग्गा किनबेच भएका थिए। कात्तिकको तुलनामा मंसिरमा चितवनका सबै मालपोत कार्यालयको कारोबार संख्या र राजस्व वृद्धि भएको छ।

निषेधाज्ञासँगै बजार भाउ बढ्यो, सरकार भन्छ– ‘कालोबजारी र अभाव हुन दिन्नौँ’

'दुई तीन दिनमै दश रुपैयाँ बढ्यो ?!'  कीर्तिपुरको एउटा खाद्य पसलमा एक लिटर खानेतेल किन्न पुगेका सुरेश महर्जनले पसलेलाई सोध्नुभयो ।  'बढ्यो नि के गर्नु भोलिदेखि यही पनि पाइँदैन होला' पसलेले जवाफ दिए ।  'कोरोना सङ्क्रमणभन्दा पनि महँगीले पो  मरिने भयो' बनावटी हाँसो हाँस्दै सुरेश तेलको प्याकेट बोकेर पसलबाट बाहिरिनुभयो । एकैछिनमा त्यही पसलमा एक जना महिला खाना पकाउने ग्यास खोज्दै पुगिन् ।  'ग्यास छ ?'  उहाँको प्रश्न पसलेले सुने, नसुनेझैँ गरे ।...