पाँच वर्षमा २० हजारले बढ्यो ‍च्याङ्ग्राको भाउ : दशैंका लागि तिब्बतबाट आएन, मुस्ताङी च्याङ्ग्राले मात्र धान्ला बजार?

बागलुङ : व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन्। दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ। बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई-दुई व्यवसायी मिलेर २५० च्याङ्ग्रा ल्याएको बताए। ‘सानो बगालमा किन्न नमिलेपछि छ जना…