१ लाख ५ हजार नाघेको सुनको खरीद मूल्य ९० हजार मात्रै ! 'सुन किन्न सक्दैनौ, सटर बन्द गर्छौ'

काठमाडौं। बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो । यो नेपालको इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य ऐतिहासिक उचाईंमा पुग्दा सुन पसल भने सुनसान देखिएका छन् । केही पसलमा २/४ जना ग्राहक देखिएपनि उनीहरू सुन किन्न नभएर आफूसँग भएका सुनका गहना बेच्नको लागि मात्रै सुन पसलमा पुगेका थिए । सुनको मूल्य १ लाख ५ हजार पुगेको भन्दै हौसियर सुन पसलमा पुगेका सेवाग्राहीहरू पसलमा पुगेपछि भने जिल्ला पर्ने गरेका छन् । त्यसको कारण हो १ लाख ५ हजार रुपैयाँ पाउनुपर्ने सुनलाई व्यवसायीले ९० हजार दिएर जाउ भन्नु । सुन पसलेले विक्री गर्ने मूल्य उपत्यकामा १ लाख ५ हजार रुपैयाँ नै भएपनि उपत्यका बाहिर भने १/२ हजार रुपैयाँ सम्म बढी नै छ । तर किन्ने मूल्य भने ९० हजार रुपपैयाँबाट बार्गेनिङ शुरू गरेर ९९ हजार रुपैयाँ सम्म पुग्ने गरेको सुन बेच्न न्युरोड पुगेका धादिङका बिजय कडेलले बताए । 'आफ्नो चिनजानको र नाता पर्ने मान्छे छ भने उसले ९९ हजार रुपैयाँ सम्म पनि मूल्य पाएको रहेछ । कुनै नाता सम्बन्ध नभएको सर्वसाधारणहरू सुन बेच्न जाँदा भने ९० हजार रुपैयाँबाट बार्गेनिङ हुन्छ ।' कडेलले आर्थिक अभियानलाई भने, 'सक्नेले ९५ हजार पनि पाएको छ , ९७ हजार पनि पाएको छ । नसक्नेले ९० हजारमै दिएर फर्किने वा सुन नबेचेरै फर्किने दुई ओटा विकल्प मात्रै छ ।' बुधबार काठमाडौंका सुन पसलहरुमा किन्ने ग्राहक भन्दा बेच्ने ग्राहक नै बढी आउन थालेको सुन व्यवसायीहरूले बताएका छन् । काठमाडौं न्यूरोडका सुन व्यवसायी हरिहर शाक्यले सुन किन्ने ग्राहक घटेको बताए । ‘सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि किन्ने भन्दा बेच्ने ग्राहक बढी आएका छन् ।’ व्यवसायी शाक्यले भने, ‘विक्री त एकदमै कम छ ।’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय नेपाली बजारमा सुनको विक्री परिमाण घटेको छ । गत फेब्रुअरीमा दैैनिक औषत १५ किलोका दरले सुन विक्री भइरहेकोमा पछिल्लो समय दैनिक २ देखि ३ किलो मात्रै सुन विक्री हुने गरेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘रुस– युक्रेन युद्धका कारणले अधिकांशले सुरक्षत लगानी गर्न खोज्दा सुनको माग बढेको छ ।’ शाक्यले भने, ‘माग बढेसँगै मूल्य अत्याधिक बढेका कारण सुनको विक्री पनि घटेको छ।’ रुस–यूक्रेन युद्ध लम्बिएमा सुनको मूल्य अझै बढ्न सक्ने शाक्यको अनुमान छ । २० दिनमा १० हजार रुपैयाँ बढ्यो सुन, सटर बन्द गर्ने मनस्थितीमा व्यवसायी यसअघिको सर्वाधिक मूल्य गत वर्ष २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएको गत वर्ष फागुन २५ गतेकै दिन प्रतितोला ८५ हजार ६०० रुपैयाँसम्ममा कारोबार भएको थियो । यसरी ठिक १ वर्षको अवधिमा सुनको मूल्य प्रतितोला २१ हजार १०० रुपैयाँ बढेको छ । तर पछिल्लो २० दिनमा मात्रै सुनको मूल्य १० हजार रुपैयाँले बढेको छ । सुनको मूल्य बढेको बढ्यै भएपछि व्यवसायीहरू भने सटर बन्द गर्ने मनसायमा पुगेका छन् । कारोबार घटेर तनावमा रहेका व्यवसायीहरू किन्ने भन्दा बेच्ने मान्छे मात्रै आउन थालेपछि सुन किन्न सक्ने अवस्थामा छैनन् । कारोबार स्वाट्टै घटेको छ । सुन विक्री नहुँदा व्यवसायीसँग पैसा पनि छैन । त्यसमाथि यसरी बढेको मूल्यमा सुन किनेर व्यवसाय धान्न पनि सकिन्न । एक व्यवसायीले अभियानलाई भने, 'बेच्न आउने ग्राहकको सुन किन्न सक्ने अवस्था नै नरहेपछि सटर बन्द गर्ने मनस्थितीमा पुगिसकेका छौ ।' महासंघले बजार मूल्य भन्दा ५ प्रतिशत घटाएर सुन किन्ने निर्णय गरेको संघका अध्यक्ष शाक्यले बताए । पुरानो गहनालाई गालेर सुन बनाउँदा घट्ने भएकाले जोखिम व्यवस्थापनका लागि ५ प्रतिशत मूल्य घटाउने आन्तरिक छलफल भएको उनले बताए । तर पहिले जर्ति मात्रै कटाएर ग्राहकको सुन किन्ने व्यवसायीहरू यतिबेला भने ज्याला जर्ति बाहेक पनि ५ प्रतिशत थप घटाएर मात्रै सुन किन्ने गरेको सेवाग्राहीको आरोप छ । (प्रतिक्षा कडेल)

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

काठमाडौं, साउन २३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ। […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।   निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।  सरकार

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । एक सातादेखि सुनको मूल्य घट्दो अवस्थामा छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन र चाँदीको प्रतितोला मूल्य क्रमशः ९९ हजार ३ […]

दूधको मूल्य वृद्धि हुँदा अरू के–के को मूल्य बढ्छ ?

सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर ५६.०४ रुपैयाँ पुगेको छ । यद्यपि, किसानले पाउने मूल्य तोकिए पनि अहिलेसम्म उपभोक्ताले किन्ने मूल्य तोकिएको छैन । यसअघि प्रतिलिटर ७६ रुपैयाँ कायम दूधको उपभोक्ताले किन्ने मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको बताइएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसानहरूले दुई महिना अघि दूधको उत्पादन लागत बढ्दा मूल

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

११ माघ, काठमाडौं । मगंलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी चाँदीको मूल्य ९३ हजार पाँच […]

रोयल इनफिल्ड बाइकको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

रोयल इनफिल्डले आफ्नो मोडलहरूमा मूल्य वृद्धि गरेको छ । विभिन्न दुई पाङ्ग्रे ब्रान्डको मूल्य बढेको समयमा रोयल इनफिल्डले पनि बाइकको मूल्य मा बढाएको हो ।

यस्तो छ आजको डलर मूल्य

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मूल्य ११९.१३ रुपैयाँ र बिक्री मूल्य ११९.७३ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४१.४७ रुपैयाँ र बिक्री मूल्य १४२.१८ रुपैयाँ कायम भएको छ। केन्द्रीय बैंकले आज एक पाउण्डको खरिद मूल्य १६५.६२ रुपैयाँ र बिक्री मूल्य १६६.४५ रुपैयाँ कायम गरेको हो।

यस्तो छ आजको डलर मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.२३ रुपैयाँ र खरिद मूल्य ११८.६३ रुपैयाँ भएको बताएको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.०३ रुपैयाँ र बिक्री मूल्य १४१.७४ रुपैयाँ तय गरेको छ। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.३४ रुपैयाँ र १६५.१८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ।

यस्तो छ आजको डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०६ रुपैयाँ र खरिद मूल्य ११८.४६ रुपैयाँ तोकेको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.१० रुपैयाँ र बिक्री मूल्य १४१.८१ रुपैयाँ तय गरेको हो। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.१६ रुपैयाँ र १६४.९९ रुपैयाँमा बिक्री गर्ने भएको हो।

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.१९ र खरिद मूल्य ११६.५९ रुपैयाँ तोकेको छ। यस्तै एक युरोको बिक्री मूल्य १४२.५७ र खरिद मूल्य १४१.८४ रुपैयाँ र पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६५.२१ र खरिद मूल्य १६४.३७ रुपैयाँ तोकिएको छ।