केन्यामा पहिरो : मृत्यु हुनेको संख्या ६० पुग्यो

नैरोबी : केन्यामा पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ। मृत्यु भएका मध्ये

सम्बन्धित सामग्री

इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ३१० पुग्यो

क्वलालम्पुर- यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ। देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा […]

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ मा २ जना, ढकारी गाउँपालिका वडा नम्बर ६ मा १ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना, कमलबजार नगरपालिका वडा नम्वर ६ मा ४ जनाको…

अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एघार जना बेपत्ता भएका छन् । कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार वडानम्बर-६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा […]

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

१ असोज, काठमाडौं । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर […]

मणिपुरको पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मंगलबार छैटौँ दिनमा पनि जारी छ। पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुगेको प्रदेशका अधिकारीले बताएका छन्।गत साता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो। त्यहाँको प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारीको पहिरोमा मृत्यु भएको थियो।राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्य ४०० भन्दा बढी कर्मचारी उद्धारमा संलग्न र

फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

एजेन्सी– फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् । आँधी, बाढी र पहिरोबाट सबैभन्दा […]

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी  दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना  बेपत्ता र ३२ जना घाइते भएका छन्।  त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने

पर्वत पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, एक वेपत्ता (अपडेट)

पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भ