सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ।  धनुषामा आयोजित सभामा झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा…

सम्बन्धित सामग्री

माओवादी छाडेर रामचन्द्र झा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक ड

माओवादी छाडेका झा, एमालेबाट आएका मिश्रलाई समाजवादीले राख्यो स्थायी कमिटीमा

काठमाडौँ – अरु पार्टीबाट आएकाहरुलाई एकीकृत समाजवादीले विभिन्न जिम्मेवारी दिएको छ। माओवादी केन्द्र छाडेर समाजवादी प्रवेश गरेका रामचन्द्र झा र एमालेबाट गएका वंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। शनिबार र आइतबार दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले झालाई स्थायी कमिटीका साथै सचिवालय सदस्यको समेत जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। […]

माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बाबुराम कमजोर नेतृत्व क्षमता भएका नेता हुन : रामचन्द्र झा :: Pahilopost.com

एमाले हुँदै तत्कालीन एकीकृत माओवादी र अहिले नयाँ शक्ति नेपाल पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा तीन पटक संसदीय निर्वाचनमा एमालेका उम्मेदवार थिए। पञ्चायतकालमा लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गरेका झा ०५१ सालमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।  एमाले, माओवादी र नयाँ शक्ति हुँदै फेरि

रामचन्द्र झा नयाँ शक्तिबाट निस्कासित

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट रामचन्द्र झा निस्कासित भएका छन्। पुष्पकमल दाहाल नेतृत्वको माओवादी प्रवेश गर्ने तयारी गरेपछि उनलाई नयाँ शक्तिले सबै जिम्मेवारीबाट हटाएको हो।