नेकपा माओवादी केन्द्र छाडेका रामचन्द्र झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध लड्न आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेर नै आफूले माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने निधो गरेको बताए ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘माओवादी केन्द्रमा रहेर ओली प्रवृत्तिका विरुद्ध लड्न सकिँदैन, ओलीसँग लड्नका लागि एम